भिजन लुम्बिनीले बोलायो साधारणसभा, आईपीओ निष्कासन प्रस्ताव पारित हुने

विहीबार, १८ मंसिर २०८२, १५ : ५४

काठमाडौं- भिजन लुम्बिनी नेपालले पुस १९ गते बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान ८ बजे दशौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आईपीओको प्रस्ताव सहित सभा बोलाएको हो । 

उक्त साधारणसभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि सेयरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने र यसका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने १० प्रतिशत लाभांश बाँड्ने लगायतका प्रस्ताव पनि रहेका छन्।

 
विहीबार, १८ मंसिर २०८२, १५ : ५४

प्रतिक्रिया