काठमाडौं- सीएफमोटो नेपालले तेस्रो मासिक राइड यही मंसिर २० गते (शनिबार) आयोजना गर्ने भएको छ ।
यो राइडले दिगो र जिम्मेवार एड्भेञ्चर राइडिङ बढावा गर्ने र सीएफमोटो ४५० एमटीको अफ–रोड क्षमताको वास्तविक प्रदर्शन गराउने आयोजकले जनाएको छ । एभरेष्ट बाइकर नेपाल बलाजु (नयाँबजार)बाट बिहान ९ बजे सुरु हुने राइड काठमाडौं–गोदावरी–लाँकुरी भञ्ज्याङ –खोपासी–बल्थली–नमोबुद्ध–धुलिखेल–नाला–काठमाडौं (अफ–रोड मार्ग) हुँदै सञ्चालन हुनेछ।
राइडमा सहजीकरणका लागि अनुभवी मार्शल तथा ट्रिप गाइड र मेकानिकल सपोर्टको व्यवस्था गरिएको छ । पूर्व-दक्षिण पहाडी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सुन्दरता समेट्ने बल्थली र नमोबुद्धलाई मुख्य गन्तव्यको रूपमा चयन गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया