काठमाडौं- आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म ११ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक रहेका हुन् ।
सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस सेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन् । बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गरिसकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले साधा मंसिर २९ गते गर्दै छ । लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ ।
सिटिजन्स बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस सेयर नदिई नगदमात्रै दिने निर्णय गरेको छ। सभा सम्पन्न गरिसकेको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारण सभा सम्पन्न गरिसकेको छ ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।
यस्तै, लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ
कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ३.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंसिर २९ गते सभा गर्दैछ ।
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन ।
एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन ।
प्रतिक्रिया