काठमाडौं- नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
यो लाभांश अब हुने साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया