काठमाडौं- सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै एसबिएलएनपीएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ,जसअन्तर्गत एसबिएलएनपीएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको गा्रहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया