काठमाडौं- काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले मंसिर ८ गते बोर्डमा आवेदन दर्ता गराउँदै सेयर निष्कासनका लागि अनुमति माग गरेको हो।
कम्पनीले कुल ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना अघि सारेको छ।
यस आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
ऊर्जा उत्पादनतर्फ, काबेली हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न गरेको २१.९३० मेगावाट क्षमताको काबेली–३ क्यासकेड जलविद्युत आयोजनाबाट २०८२ भदौ महिनादेखि नियमित रूपमा विद्युत उत्पादन गर्दै आएको छ।
प्रतिक्रिया