नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

विहीबार, २५ मंसिर २०८२, १२ : ३२

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

 
विहीबार, २५ मंसिर २०८२, १२ : ३२

प्रतिक्रिया