मौलाकाली केवलकारले आईपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

विहीबार, २५ मंसिर २०८२, १३ : १६

काठमाडौं- मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । 

कम्पनीले आईपीओ अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्कासनको अनुमति मागेको हो ।

सेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली मन्दिर पुग्न मौलाकाली केवलकार संचालन गरिरहेको छ ।

 
 
विहीबार, २५ मंसिर २०८२, १३ : १६

प्रतिक्रिया