राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ६ अर्ब ६० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

शनिबार, २७ मंसिर २०८२, १५ : ५४

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा साढे ६ अर्ब भन्दा बढी लगानी गर्ने भएको छ । 

बैंकले ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । 

बैंकले सूचना जारी गर्दै मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न भनेको छ । कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

 
शनिबार, २७ मंसिर २०८२, १५ : ५४

प्रतिक्रिया