युनाइटेड इदी मर्दीको लाभांश घोषणा

सोमबार, २९ मंसिर २०८२, ११ : १४

काठमाडौं- युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीले उक्त आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने २ करोड ३० लाख ४१ हजार २०० रुपैयाँको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने ११ लाख ९८ हजार १४२.४० रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश आगामी १६ औँ वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिने कम्पनीले जनाएको छ।

सोमबार, २९ मंसिर २०८२, ११ : १४

प्रतिक्रिया