काठमाडौं- सीएफ मोटोको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । सीएफ मोटोको डबल पर्पस मोटरसाइकल डुअल २५० अंग्रेजी नयाँ वर्षको अवसरमा बिक्री थाल्न लागिएको हो ।
कम्पनीले नेपालको विभिन्न स्थानमा डुअल २५० को परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
सीएफ मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ डबल पपर्स मोटरसाइकल डुअल २५० बिक्री थाल्ने भएको हो ।
पछिल्लो समय नेपालमा डबल पर्सस मोटरसाइकल र एड्भेन्चर सेग्मेन्टमा माग बढ्दै जाँदा कम्पनीले डुअल २५० ल्याउन लागेको हो ।
सीएफ मोटो डुअल २५० मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावरका साथै, २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।
मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ ।
अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा डबल च्यानल एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।
यो मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया