कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना

सोमबार, २९ मंसिर २०८२, १३ : १०

काठमाडौं- दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पु¥याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो । 

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउनेछन् । त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतिय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ । यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतिय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पुजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतिय सवारी साधनको प्रयोगसँगै प्रदुषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताए ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

 
 
सोमबार, २९ मंसिर २०८२, १३ : १०

प्रतिक्रिया