एनएमबि बैंकले बोलायो ३० औं वार्षिक साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

मंगलबार, ०१ पुस २०८२, १२ : ३४

काठमाडौं- एनएमबि बैंक लिमिटेडले पुस २४ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे बैंकको ३० औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको मंसिर २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

साथै गत आवको प्रतिवेदत र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। 

त्यसैगरी सञ्चालकको बैठक भत्ता बढाउने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

 
मंगलबार, ०१ पुस २०८२, १२ : ३४

प्रतिक्रिया