काठमाडौं- कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो ।
बृहत कार्य संजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा स्थापना भएका शाखाहरु, मुख्य कार्यालय समेत गरी २८५ वटा कार्यालय मार्फत आधुनिक बैकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको छ । यस साधरणसभामा सेयरधनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित भै सकेको सन्र्दभमा यथाशिघ्र सोही अनुसारको लाभांश सेयरधनीहरुलाई उपलव्ध गराईने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ कृषि विकास बैंक लि.को उन्नाईसौ वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साधरणसभामा बक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राखेका थिए भने केहि सेयरधनीहरुले लिखित मन्तव्य समेत दिएका थिए ।
यसरी भाग लिएका सेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
प्रतिक्रिया