कामना सेवा विकास बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

बुधबार, ०२ पुस २०८२, ११ : ०८

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको असोज २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

साधारणसभाले असोज ७ गतेसम्म बैंकको सेयर खरीद गरेका सेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले सोही लाभांश सम्बन्धित सेयरधनीहरू डिम्याट खातामा पठाएको हो।

कम्पनीले वितरण गरेको १० प्रतिशत लाभांश नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

साथै असोज ७ गतेसम्म यस बैंकको सेयर धितो राखेर ऋण लिएका सेयरधनीहरूको हकमा ऋण लिएको बैंक तथा वित्तीय संस्थाको नाममा लाभांश रोक्का राखिएको र कर्जा राफसाफ भइसकेको भए ऋण लिएको संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न आग्रह गरेको छ।

 
बुधबार, ०२ पुस २०८२, ११ : ०८

प्रतिक्रिया