नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

विहीबार, ०३ पुस २०८२, ११ : ४१

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। 

सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 
विहीबार, ०३ पुस २०८२, ११ : ४१

प्रतिक्रिया