पशुपति भेन्चरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

विहीबार, ०३ पुस २०८२, ११ : ५७

काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। आज काठमाडौंको धुम्बाराहीमा आयोजित एक समारोहकाबीच उक्त सम्झौता भएको हो।

सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ।

पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो। कम्पनीले विगत १५ वर्षदेखि विभिन्न जलविद्युत आयोजनाहरूमा लगानी गर्दै आएको छ। 

यस कम्पनीको लगानी रहेका खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका आयोजनाहरू सम्पन्न भई विद्युत उत्पादन गरिरहेका छन्।

 
 
विहीबार, ०३ पुस २०८२, ११ : ५७

प्रतिक्रिया