कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता

विहीबार, ०३ पुस २०८२, १५ : १३

काठमाडौं- सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि विनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्त रुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।

दिगो बैंकिङ, वित्तीय समावेशीकरण अनि स्थानीय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रस्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने “यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ ।”

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाईहरू तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

 
विहीबार, ०३ पुस २०८२, १५ : १३

प्रतिक्रिया