काठमाडौं- सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण सेयर जारी गर्न लागेको हो।
दोस्रो चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गर्नेछ। बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सर्वसाधारणले यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
आईपीओको निष्कासन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ।
सालपा विकास बैंकको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया