महिन्द्राले तीन एसयूभीहरू अपग्रेडसहित बजारमा ल्याउने

आइतबार, ०६ पुस २०८२, १० : ४४

काठमाडौं- भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आफ्ना तीन एसयूभीहरू ठूलो अपग्रेडसहित बजारमा ल्याउने भएको छ ।

कम्पनीले थार, स्कर्पियो र एक्सयूभी ७०० एसयूभीहरू अपडेट गरेर बजारमा ल्याउने भएको हो ।

कम्पनीले भारतीय बजारमा आफ्नो पकड कायमै राख्न मुख्य एसयूभी मोडेलहरूमै थप लगानी बढाइरहेको हो । कम्पनीले आफ्ना एसयूभीहरू ईभीमा समेत ल्याउने दीर्घकालीन रणनीतिक योजना बनाएको छ ।

कम्पनीले हालै नयाँ ईभी एक्सईभी नाइन एस सार्वजनिक गरेको छ ।

कम्पनीले आइसी सेग्मेन्टमा एक्सयूभी ७०० लाई अपग्रेड गर्दै फेसलिफ्ट मोडल ल्याउन लागेको हो । एक्सयूभी ७०० को फेसलिफ्ट मोडल एक्सयूभी ७ एक्सओ नामबाट बजारमा आउनेछ ।

यसमा एक्स ईभी नाइन एस जस्तै ठूलो ट्रिपल स्क्रिन सेटअप सहितको पूर्ण रूपमा नयाँ ड्यासबोर्ड रहने छ । साथै, नयाँ क्याबिन थिम, अपग्रेड गरिएको ट्रिम, गुणस्तरी सामाग्री र थप नयाँ फिचरहरू उपलब्ध हुने छन्।

महिन्द्राको लाइफ स्टाइल एसयूभी थार पनि विद्युतीयमा आउने भएको छ । कम्पनीले भिजन टी कन्सेप्ट सार्वजनिक गर्दै पाँच ढोके थार रोक्सको ईभी संस्करणको झलक दिएको छ । यसमा बाकस जस्तो डिजाइन र ठाडो स्टान्स कायम राख्दै फ्युचरिष्टिक ईभी डिजाइन थपिएको छ ।

थार ईभी एनयू(आइक्यू आर्किटेक्चरमा आधारित हुने सम्भावना छ । यसमा विभिन्न ब्याट्री प्याक विकल्प र फोर ह्वील ड्राइभका लागि डुअल मोटर सेटअप उपलब्ध हुने अपेक्षा गरिएको छ ।

महिन्द्राले स्कर्पियो लाइनअप पनि ठूलो परिवर्तनको तयारी गरेको छ । कम्पनीले भिजन एस कन्सेप्ट सार्वजनिक गर्दै अझ प्रिमियम तर सानो आकारको स्कर्पियो एन ल्याउने संकेत दिएको छ ।

नयाँ पुस्ताको स्कर्पियो एनयूआइक्यू प्लेटफर्ममा आधारित हुनेछ।


 

 
 
आइतबार, ०६ पुस २०८२, १० : ४४

प्रतिक्रिया