एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

आइतबार, ०६ पुस २०८२, १३ : २९

काठमाडौं- एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । 

आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् ।

उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ ।

कुनै समय आक्रामक बैंकिङको सुरुवात गरेर चर्चामा आएको बैंकले पछिल्लो समय रणनीतिक मुभ लिएको छ । 

बैंकको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा बढ्दै गएको छ । सोही कारण सञ्चालक समितिले दबाब दिँदा प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आफ्नो दोस्रो कार्यकाल पूरा नगर्दै गत असोजमा राजीनामा दिएका थिए । 

 
आइतबार, ०६ पुस २०८२, १३ : २९

प्रतिक्रिया