सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमबार, ०७ पुस २०८२, १७ : १२

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ।साधारणसभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित)- १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र ५ प्रतिशत बोनस सेयर १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ।

प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ।

साधारणसभाले आर्थिक वर्ष ०८१र८२ को वित्तीय विवरण, लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ।

हाल बैंकले देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। 

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै, आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ।

सोमबार, ०७ पुस २०८२, १७ : १२

प्रतिक्रिया