हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिने

मंगलबार, ०८ पुस २०८२, १३ : ४०

काठमाडौं- हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

गत आर्थिक वर्षमा हिमालयन बैंकको वितरण योग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेकाले लाभांश दिन नसकेको हो ।

 
मंगलबार, ०८ पुस २०८२, १३ : ४०

प्रतिक्रिया