अरुण भ्याली हाइड्रोपावरको लाभांश संशोधन

बुधबार, ०९ पुस २०८२, ११ : ४९

काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश संशोधन गर्दै साधारणसभा बोलाएको छ।

यसअघि कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। तर विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले लाभांश संशोधन गरी ५ प्रतिशत बोनस सेयर र ०.२३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

यसका लागि पुस ३० गते २८ औं वार्षिक साधारणसभा बस्ने र पुस १८ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने पनि निर्णय गरेको छ।

 
बुधबार, ०९ पुस २०८२, ११ : ४९

प्रतिक्रिया