नेपाल आइपुग्यो आइकार भी-२३, सुरुमा बुकिङ गर्नेले कम मूल्यमा पाउने

बुधबार, ०९ पुस २०८२, १२ : ३५

काठमाडौं- केही महिना अघि नेपालमा सार्वजनिक भएको आइकार भी-२३ बिक्रीको लागि नेपाल आइपुगेको छ । 

आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सका अनुसार देशभरबाट डेलिभरी सुरु हुनेगरी नेपाल आएको हो । 

आकर्षक रेट्रो लुक्स र आधुनिक साइबर टेक इन्जिनियरिङको मिश्रण भनेर ब्याख्या गरिएको भी–२३ मा १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटर रियर ह्वील ड्राइभ सिस्टममा दिइएको हो ।

यसमा रहेको ५९.९३ किलोवाट आवरको ब्याट्रीलाई सिंगल चार्ज गर्दा ४०१ किलोमिटर गुडाउन मिल्ने कम्पनीको दाबी छ । साथै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, फुटपेज, बक्सी डिजाइन, ७४४ लिटरसम्म बढाउन मिल्ने बुट स्पेश दिइएको छ ।

यसको फ्रन्टमा स्मोक्ट फ्रन्ट ग्रिल, राउण्ड हेडलाइट र स्क्वायर अफ फेस रहेको छ । यो एसयूभीमा रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल, एक्टरनल स्टोरेज कन्टेनरले यो एसयूभीलाई रगेड एप्पिरियन्स दिएको छ । यसमा साइड ओपनिङ रियर डोर दिएको छ ।

आइकार भी–२३ को इन्टेरियरमा क्वालकम स्न्याप ड्रायगन ८१५५ चिपको पावर भएको १५.४ इन्चको सेन्टर टचस्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्टेबल र भेन्टिलेटेड फ्रन्ट सिट, ७ वटा स्पीकर सहितको अडियो सिस्टम, ९० लिटरको अन्डर फ्लोर ट्रङ्क र अन्डर सिट कम्पार्टमेन्ट, अटोमेटिक पार्किङ सिस्टम, ड्राइभर असिस्ट सिस्टम (एडास) उपलब्ध छ ।

आइकार भी–२३ सुरुमा बुकिङ गर्नेले ४७ लाखभन्दा कम मूल्यमा पाउने कम्पनीले जानकारी दिएको छ ।
 

 
 
बुधबार, ०९ पुस २०८२, १२ : ३५

प्रतिक्रिया