काठमाडौं- युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन ल्याउने तयारी गरेको छ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको ७ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गर्ने योजना बनाएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल लाइफ क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौता पुस ९ गते बुधबार कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा सम्पन्न भएको हो।
सम्झौतापत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका अध्यक्ष हरि बहादुर बस्नेत र नेपाल लाइफ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
आईपीओ निष्कासनपछि कम्पनीको पूँजी संरचना थप सुदृढ हुने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया