प्रभु महालक्ष्मी लाइफको १ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

विहीबार, १० पुस २०८२, १० : ३७

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४३ हजार ६१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक सेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता सेयर बिक्रीमा राखेको हो।

हाल यो सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ

 
विहीबार, १० पुस २०८२, १० : ३७

प्रतिक्रिया