काठमाडौं: नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले "हुन्डाइ विन्टर डिलाइट" अभियान सुरु गरेको छ।
२५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरूलाई सीमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराउनेछ।
यस "विन्टर डिलाइट" अभियान अन्तर्गत ग्राहकहरुले रु. ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा रु. १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सक्नेछन् ।
हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई हार्दिक आमन्त्रण गर्दछ। लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा सञ्चालित यस योजनाले आकर्षक छुट र सुविधाहरुमार्फत ग्राहकहरुलाई हर्ष र उमङ्ग बाँड्ने प्रयास गरेको छ।
विगतमा जस्तै भविष्यमा पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले सदैव आफ्ना ग्राहक प्रति सहज सुविधा र मैत्री अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ।
प्रतिक्रिया