५ महिनामै मुस्ताङ भन्सारबाट ५ अर्ब बढी राजस्व संकलन

शुक्रबार, ११ पुस २०८२, १३ : ४४

काठमाण्डौ - मुस्ताङ भन्सारबाट पाँच महिना नपुग्दै ५ अर्ब ६ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ–२ नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले व्यवसायिक सञ्चालनको उक्त राजस्व संकलन गरेको हो । 

चीनको तिब्बतस्थित झोङवासेन जिल्लाबाट कोरला नाकामार्फत विद्युतीय सवारीसाधनसहित कन्टेनरमा सामान आयात बढेपछि राजस्व वृद्धि भएको हो। यस अवधिमा २ हजार ७४ इभीसहित १० अर्ब ८२ करोड ९८ लाखबराबरको आयात र १८ करोड ९७ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। 

नेपालबाट हस्तकला र कपडाजस्ता सामग्री निर्यात भइरहेका छन्। ४,६५० मिटर उचाइमा रहेको कोरला नाका २०८० कात्तिक २७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

शुक्रबार, ११ पुस २०८२, १३ : ४४

प्रतिक्रिया