काठमाडौं- नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक म्युचुअल फण्ड सञ्चालनको अनुमति दिएको छ ।
बोर्डले आइतबार हिजो पुस १३ गते उक्त फण्डका इकाईहरू निष्कासन गर्न अनुमति दिएको हो ।
यो नेपाल लाइफ इन्स्योरेन्सको पहिलो ‘बन्दमुखी योजना’ हो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्धक रहेको यस योजनाको व्यवस्थापन नेपाल लाइफ क्यापिटलले गर्नेछ।
१० वर्ष अवधिको यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई बिक्री गरिनेछ। यसरी कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड जारी हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया