रोयल इनफिल्डको फ्लाइङ फ्लिया सी ६ सहित दुई नयाँ मोटरसाइकल बजारमा आउने

सोमबार, १४ पुस २०८२, १६ : ५३

काठमाडौं– बेलायती ब्राण्ड रोयल इनफिल्डले बुलेट ६५० र पहिलो इलेक्ट्रिक मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ सन् २०२६ को पहिलो त्रैमासमै सार्वजनिक गर्ने तयारी गरेको छ। 

कम्पनीका अनुसार यी दुवै मोडल भारतीय बजारमा मार्च २०२६ भित्रै उपलब्ध हुनेछन् भने नेपाली बजारमा पनि छिट्टै भित्रिने अपेक्षा गरिएको छ।

कम्पनीले भारतमा निर्माण गरेको बुलेट ६५० मोटरसाइकल पहिलो पटक इटालीको मिलानमा भएको इक्मा अटोशो २०२५ मा देखिएको थियो भने फ्लाइङ फ्लिया सी ६ २०२४ को इक्मा अटोशामा देखाएको हो ।

बुलेट ६५० मा ६४८ सीसीको एयर र आयल कुल्ड, प्यारालल ट्विन सिलिण्डर इन्जिन छ । यसले ४७ पीएस पावर र ५२।३ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड गियरबक्स छ ।


मोटरसाइकलमा सेमी डिजिटल कन्सोल छ। यसमा एनालग स्पीडोमिटर, गियर पोजिसन इन्डिकेटर, इन्धन गेज, ट्रिपमिटर र ओडोमिटर सहितको डिजिटल इनसेट, टर्न बाइ टर्न नेभिगेसनको लागि स्ट्याण्डर्ड ट्रिपर नेभिगेसन मोड्युल लगायत फिचरहरू छन् ।

साथै, कन्टोर्ड सिंगल पिस सिट, बक्सी रियर फेन्डर, क्रोम आउट ह्याण्डलबार, मटर शुटर एक्जस्ट, स्पोक ह्वील र डबल च्यानल एबीएस रहेको छ ।

क्लासिक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले बजारमा ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ पनि क्लासिक स्टाइलमै छ ।

फ्लाइङ फ्लिया सी ६ इलेक्ट्रीक मोटरसाइकल रोयल इनफिल्डको वल्र्ड वार दोस्रोमा प्रयोग गरेको पेट्रोल मोडल फ्लाइङ फ्लिया नामबाट प्रेरित छ। त्यस समयमा फ्लाइङ फ्लिया सिम्पल डिजाइन, उच्च प्रदर्शन र सजिलो ह्याण्डलिङको लागि प्रख्यात मोटरसाइकल थियो । नयाँ इलेक्ट्रीक भर्सनमा आउने फ्लाइङ फ्लिया सी ६ पनि सिम्पल र क्लिन डिजाइनमा छ ।


४० को दशकमा बजारमा आउने ग्रिडर फोर्क यसमा पाउन सकिन्छ । अब फ्लाइङ फ्लिया सी ६ ग्रिडर फर्क भएको पहिलो मोटरसाइकल बन्ने भएको छ । मोटरसाइकलको ट्याकंको भागमा ब्याट्री र इलेक्ट्रीक मोटर सेटअप रहेको छ ।

त्यस्तै, यसमा बेल्ट ड्राइभ, कस्टमाइज राइड मोडहरू, एड्भान्स कनेक्टिभिटी सिस्टम, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्क ब्रेक, कर्नरिङ एबीएस, लिन एंगल सेन्सर, टीएफटी डिस्प्ले, लगायत फिचरहरू हुने छन् ।

सोमबार, १४ पुस २०८२, १६ : ५३

प्रतिक्रिया