काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंमा आज पुस १४ गते सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।
उक्त सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
प्रतिक्रिया