काठमाडौं- नेपालकै नं. १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले स्कुटर खरिद प्रक्रिया अझ सरल बनाउने नयाँ वित्तीय योजना सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले कुनै अतिरिक्त वित्तीय कागजात बिना केवल मान्य परिचयपत्रको आधारमै एथर स्कुटर खरिद गर्न सक्नेछन्। ६ हजार ५८ रुपैयाँबाट सुरु हुने EMI सुविधासहित प्रिमियम इलेक्ट्रिक स्कुटर आफ्नो बनाउने अवसर यसअघि कहिल्यै यति सहज भएको थिएन।
परिचयपत्र–आधारित यस योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिँदै आएका झन्झट र अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ। यससँगै एथर स्कुटर खरिद गर्ने प्रक्रिया आम उपभोक्ताका लागि थप सहज र व्यवहारिक बन्ने अपेक्षा गरिएको छ।
प्रविधि, प्रदर्शन र उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित रहँदै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको छ। कम्पनीले बढ्दो ग्राहक मागलाई सम्बोधन गर्न देशका प्रमुख सहरहरूमा अनुभव केन्द्र, सेवा केन्द्र र फास्ट चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ।
नेपालमा एथरको उपस्थिति
स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर–द–एयर अपडेट र सहज राइडिङ अनुभवका कारण एथर नेपालमा भरपर्दो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा परिचित छ। नयाँ वित्तीय पहलमार्फत एथरले उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकसाथ जोड्दै नेपालमा इलेक्ट्रिक सवारीसाधनको प्रयोगलाई अझ तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया