काठमाडौं- नेपाल राष्ट्र बैंकले आज पुस २० गते फेरि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले बोलकबोलमार्फत एक वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ ।
बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोही आधारमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ । ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया