काठमाडौं- नेपाल बैंक लिमिटेड र काठमाडौंको चाबहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई उपचार शुल्कमा सहुलियत दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी, उनीहरूका परिवार, बैंकबाट पेन्सन बुझ्ने ग्राहक, क्रेडिट कार्ड होल्डर र बैंकका अवकाश प्राप्त कर्मचारीले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा कुल बिल रकममा १० प्रतिशत छुट पाउनेछन्।
यसबाट बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटल लिबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया