काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १९ गते सम्पन्न २६ औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ।
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६.०६ प्रतिशत नगद लाभांश (बोनस र नगदमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते बुक क्लोज गरेकाले पुस ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले लाभांश पाउनेछन्।
प्रतिक्रिया