काठमाडौं- एनएमबि बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा २०८२ पुस २४ गते बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक, सेयरधनी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
सभामा सहभागी सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, सेवा विस्तार तथा भावी रणनीतिबारे आ–आफ्ना सुझाव र मन्तव्य व्यक्त गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन र २४३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
प्रतिक्रिया