काठमाडौं– नेपाल राष्ट्र बैंकको तथ्यांकले महंगी ह्वात्तै घटेको देखाएको छ। ०८२ मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत सीमित हुन पुगेको राष्ट्र बैंकले जनाएको छ। जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो ।
आर्थिक सुस्तताका बीच बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर निरन्तर खुम्चिन पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा कर्जा प्रवाहको वृद्धिदर १.९ प्रतिशत मात्रै देखिएको हो। यो भनेको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २ अर्ब २४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको भन्ने बुझिन्छ।
चालु आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आवको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकका अनुसार मंसिरमा एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही महिनामा एक खर्ब १८ अर्ब ७९ करोड मात्रै थियो ।
यसअवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दो गतिमा छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत० लिनेको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ छ ।
जबकि, यो संख्या अघिल्लो वर्षको सोही अवधिमा क्रमशः एक लाख ९० हजार ३८४ र एक लाख ३५ हजार ४२५ थियो ।
प्रतिक्रिया