हिमालयन लाइफले लाभांश वितरण नगर्ने

सोमबार, २८ पुस २०८२, ११ : १७

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ।

काठमाडौंको हात्तिसारमा दिउँसो साढे ३ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेस गर्ने निर्णय पनि गरेको कम्पनीले जानकारी दिएको छ ।

 
सोमबार, २८ पुस २०८२, ११ : १७

प्रतिक्रिया