आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

मंगलबार, २९ पुस २०८२, १० : ३१

काठमाडौं- सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

सर्वसाधारणका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 
मंगलबार, २९ पुस २०८२, १० : ३१

प्रतिक्रिया