काठमाडौं- एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ।
आज बिहान ९ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरण तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया