टीभीएस रेसिङले नेपालमा पहिलो पटक रेसिङ अनुभव ल्याउँदै

बुधबार, ३० पुस २०८२, १२ : २९

काठमाडौं- नेपालको मोटरस्पोर्ट्स यात्रामा ऐतिहासिक उपलब्धि थप्दै, नेपालकै पहिलो Apache Racing Experience (ARE) GP यस सप्ताहन्तमा आयोजना हुन गइरहेको छ। ARE GP को सुरुवात प्रतिष्ठित TVS Apache सिरिजको २० औँ वार्षिकोत्सव सँगै हुँदैछ, जसले दुई दशक लामो उत्कृष्ट इन्जिनियरिङ, ट्र्याक-प्रेरित प्रदर्शन र विश्वव्यापी रेसिङ समुदायको उत्सव मनाउँछ।

Apache Racing Experience (ARE) ले Apache मोटरसाइकल मालिकहरूलाई व्यावसायिक प्रशिक्षकहरूबाट प्रशिक्षण लिने, उन्नत राइडिङ डायनामिक्स बुझ्ने तथा सुरक्षित र नियन्त्रित वातावरणमा रेसिङ-प्रेरित अभ्यासमा सहभागी हुने दुर्लभ अवसर प्रदान गर्छ। सहभागीहरूलाई कर्नरिङ, प्रेसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेस पोस्चर र समग्र ह्यान्डलिङजस्ता महत्वपूर्ण प्रविधिहरू सिकाइनेछ, जसले उनीहरूलाई आफ्नो Apache मोटरसाइकलको वास्तविक प्रदर्शन क्षमता उजागर गर्न सक्षम बनाउँछ।

सन् २००५ मा सुरु भएदेखि TVS Apache एसियाकै सबैभन्दा प्रशंसित परफर्मेन्स मोटरसाइकल लाइनअपमध्ये एकका रूपमा स्थापित भएको छ। यसलाई TVS Racing को विरासतले बलियो आधार दिएको छ, जुन भारतको पहिलो फ्याक्ट्री रेसिङ टोली हो र ४० वर्षभन्दा बढी मोटरस्पोर्ट्स उत्कृष्टताको इतिहास बोकेको छ। यस २० वर्षे यात्राको अवसरमा, TVS ले आफ्नो विश्वप्रसिद्ध Apache Racing Experience पहिलो पटक नेपालमा ल्याउँदैछ।

TVS नेपालले सबै Apache राइडरहरूलाई यस ऐतिहासिक क्षणको हिस्सा बन्न आमन्त्रण गरेको छ-जहाँ नेपालले पहिलो पटक Apache Racing Experience को साक्षी बन्नेछ र गति, जोश र प्रदर्शनले निरन्तर प्रेरणा दिइरहेको एक किंवदन्तीका २० वर्षको उत्सव मनाइनेछ। यस पहिलो अन्तर्राष्ट्रिय संस्करणबारे प्रतिक्रिया दिँदै, TVS Motor Company Head – Business (Premium), विमल सुम्बलीले भने, “नेपालका ग्राहकहरूसम्म यो अनुभव ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ। यो अवसर TVS Apache ले रेसिङ-आधारित प्रदर्शन इन्जिनियरिङका २० वर्ष पूरा गरेको विशेष उपलब्धिसँग मेल खान्छ। हामी यस नयाँ अध्यायप्रति उत्सुक छौँ।”

यस अनुभवलाई अझ रोमाञ्चक बनाउँदै, ARE Nepal का समग्र विजेता ले भारतको चेन्नईस्थित प्रतिष्ठित Madras International Circuit मा आयोजना हुने One-Make Championship मा सहभागी भई नेपाललाई प्रतिनिधित्व गर्ने विशेष अवसर प्राप्त गर्नेछन्।

कार्यक्रमबारे बोल्दै, जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भने,“TVS Apache को २० वर्षे विरासत मनाउँदै गर्दा Apache Racing Experience हाम्रो लागि गर्वको कोशेढुंगा हो। यो पहलले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ र नेपाली राइडरहरूलाई विश्वस्तरीय रेसिङ अनुभव प्रदान गर्छ। हामी स्थानीय प्रतिभाहरू अन्तर्राष्ट्रिय रेसिङ मञ्चमा नेपाल प्रतिनिधित्व गरेको देख्न उत्साहित छौँ।”

कार्यक्रमको दीर्घकालीन दृष्टिकोण स्पष्ट पार्दै, बिक्री उपाध्यक्ष दीपक रौनियारले भने, “TVS Apache Racing Experience केवल एउटा राइडिङ इभेन्ट मात्र होइन—यो सीप विकास, अनुशासन र प्रदर्शनमा केन्द्रित संरचित प्लेटफर्म हो। विजेतालाई Madras International Circuit मा प्रतिस्पर्धा गर्ने अवसर दिँदै हामी जोशबाट व्यावसायिक रेसिङसम्म पुग्ने स्पष्ट मार्ग सिर्जना गरिरहेका छौँ।”

जनवरी १७ मा सटुंगलस्थित Vehicle Academy and Research Center मा आयोजना हुने कार्यक्रममा समावेश हुनेछन्:

  • विशेषज्ञद्वारा निर्देशित राइडिङ सेसनहरू
  • प्रविधिमा केन्द्रित अभ्यास र सिकाइ मोड्युलहरू
  • सेफ्टी गियर सहयोग तथा सुरक्षा ब्रिफिङ
  • राइडर समुदायबीच आपसी सम्पर्क र TVS Apache को विरासतको उत्सव
  • खाना तथा पेय पदार्थ स्टलहरू
  • दर्शकहरूका लागि मनोरञ्जनात्मक खेल स्टलहरू

दर्ता प्रक्रिया हाल TVS Apache सिरिजका मोटरसाइकल मालिकहरूका लागि मात्र खुला छ। इच्छुक Apache ग्राहकहरूले TVS नेपालका आधिकारिक सामाजिक सञ्जालमार्फत कार्यक्रमको सम्पूर्ण विवरण र दर्ता जानकारी प्राप्त गर्न सक्नेछन्। 

 
बुधबार, ३० पुस २०८२, १२ : २९

प्रतिक्रिया