कुमारी बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार, ३० पुस २०८२, १३ : ४१

काठमाडौं- कुमारी बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज पुस ३० गते बुधबार काठमाडौंको थिरबम सडक, टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सामान्य प्रस्तावका रूपमा पारित गरेको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ वटा शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ वटा शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

बैंकले आगामी दिनहरूमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रवाहका लागि प्रविधिमैत्री समाधान तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
 

 
बुधबार, ३० पुस २०८२, १३ : ४१

प्रतिक्रिया