एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

बुधबार, ३० पुस २०८२, १७ : ०९

काठमाडौं- बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् । 

नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । 

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै उल्लेखनीय योगदान पुर्‍याएकी छिन् । 

सञ्चालक पदमा नियुक्त भएको अवसरमा बैंक परिवारले राजभण्डारीलाई सफल कार्यकालको शुभकामना दिँदै स्वागत तथा बधाई व्यक्त गरेको छ।

 
बुधबार, ३० पुस २०८२, १७ : ०९

प्रतिक्रिया