ललितपुरमा ट्रायम्फको नयाँ थ्री एस सर्भिस सेन्टर सञ्चालनमा

विहीबार, ०१ माघ २०८२, १० : २८

काठमाडौं - काठमाडौं उपत्यकाभित्र आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै ट्रायम्फ मोटरसाइकल्स नेपालले ललितपुरमा नयाँ आधिकारिक ट्रायम्फ 3S सुविधा सञ्चालनमा ल्याएको छ। बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spare Parts) सहितको यो केन्द्र मीनभवन, ललितपुरमा अवस्थित छ र बाइकर डिपो प्रा.लि.ले सञ्चालन गरिरहेको छ।

हाल केन्द्रबाट सेवा तथा स्पेयर पार्ट्स सम्बन्धी सेवा पूर्ण रूपमा उपलब्ध छन् भने बिक्री शोरूम छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। शोरूम सञ्चालनमा आएपछि ललितपुरका ट्रायम्फ राइडरहरूले पूर्ण 3S अनुभव पाउनेछन्।

नयाँ सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, व्यवस्थित वर्क बे र कम्पनीद्वारा स्वीकृत उपकरणले सुसज्जित रहेको छ। यहाँ गरिने सम्पूर्ण मर्मत तथा प्राविधिक जाँच कार्य प्रशिक्षित प्राविधिकद्वारा विश्वव्यापी सर्भिस मापदण्डअनुसार गरिने ट्रायम्फ नेपालले जनाएको छ, जसले सेवा प्रक्रियामा एक्युरेसी, रिलायबिलिटी र कन्सिस्टेन्सी सुनिश्चित गर्छ।

यस केन्द्रमार्फत जेनुइन ट्रायम्फ स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध हुने भएकाले मोटरसाइकलको उत्कृष्ट प्रदर्शन, सुरक्षा र दीर्घकालीन विश्वसनीयता कायम रहने विश्वास कम्पनीको छ। यसले ग्राहकलाई आफ्नो मोटरसाइकल कम्पनीका मापदण्डअनुसार नै मर्मत भइरहेको छ भन्ने भरोसा दिलाउने बताइएको छ।

ललितपुर सर्भिस सेन्टरमा उपलब्ध 3S सुविधालाई ट्रायम्फ नेपालको आफ्टर–सेल्स सेवा र ओनरशिप अनुभवलाई थप बलियो बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। बिक्री शोरूम सञ्चालनमा आएपछि ग्राहकहरूले एउटै छानामुनि ट्रायम्फका विभिन्न मोडेल अवलोकन र खरिद गर्न सक्नेछन्।

 
विहीबार, ०१ माघ २०८२, १० : २८

प्रतिक्रिया