काठमाडौं- नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
काठमाडौंको नागार्जुनमा अवस्थित जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन तथा बिक्री गर्दै आएको विभिन्न किसिमका जुत्तामा उक्त सुविधा लागू हुनेछ ।
सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजका तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले देशभर रहेका ब्ल्याक हर्सका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा जुत्ता खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया