भोजपुर कांग्रेसले दियो देशव्यापी पार्टी एकताको सन्देश

आइतबार, ०४ माघ २०८२, १३ : ०४

काठमाडौं– नेपाली कांग्रेस औपचारिकरुपमा विभाजित भएर विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएपछि भोजपुर कांग्रेसका नेताहरु पार्टी एकताको पक्षमा उभिएका छन् । 

शनिबार जिल्लाका नेताहरु काठमाडौंमा भेला भएर पार्टी एकताको सन्देश दिने बताउँदै चारतारे झण्डा र चुनाव चिन्ह रुखलाई सबै कांग्रेसीको साझा बनाउनुपर्ने बताएका हुन् । 

कांग्रेस भोजपुर जिल्ला सभापति विनोद वान्तवाको अगुवाईमा बसेको जिल्लाका नेताहरुको बैठकले सच्चा इमान्दार र लडाकु कांग्रेसको एकताले मात्रै देशव्यापी केन्द्रदेखि वडा तहसम्मको कांग्रेस मजबुद हुने सन्देश दिएको हो । 

जिल्लाका नेता कार्यकर्ताहरुको बैठकमा सभापति वान्तवाले कांग्रेस एकताबद्ध भएर राष्ट्रिय संकटको हल गर्नुपर्ने आवश्यकता रहेको बेला विभाजन कुनै पनि कार्यकर्तालाई स्वीकार्य नभएको बताएका हुन् । 

कांग्रेस विभाजनले लोकतन्त्र कमजोर हुने बताउँदै सबै नेता कार्यकर्तालाई एकताको पक्षमा लाग्न भोजपुर कांग्रेसले संयुक्त रुपमा आग्रह गरेको कांग्रेसका नेता एवं नागरिक समाजका संयोजक कृष्णबहादुर खड्काले जानकारी दिए ।
 

 
 
 
आइतबार, ०४ माघ २०८२, १३ : ०४

प्रतिक्रिया