जनकपुरमा बालेनको स्वागतका लागि अत्यधिक भीडभाड, समर्थकको टोलीले विमानस्थलको ढोका फुटाए

आइतबार, ०४ माघ २०८२, १९ : ०८

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन्।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेता जनकपुर पुगेका हुन्। उनीहरूलाई जनकपुर विमानस्थलमा ठूलो संख्यामा उपस्थित रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका समेत फुटेको छ।

बालेनले आजै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्। उनी राजीनामा लगत्तै बनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए। त्यहाँ करिव १० मिनेट समय विताएका बालेन आजै जनकपुरका लागि उडेका थिए।

आइतबार, ०४ माघ २०८२, १९ : ०८

प्रतिक्रिया