काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार पुस मसान्तसम्म बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको करिब ३२ करोड रुपैयाँबाट बढेर ३९ करोड पुगेको छ, जुन करिब २२ प्रतिशतले वृद्धि भएको हो ।
बैंकको प्रतिसेयर आम्दानी २०.४३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ कायम भएको छ। कुल सम्पत्ति प्रतिसेयर १,८६५.०३ रुपैयाँ पुगेको देखिन्छ।
बैंकको पूँजी पर्याप्तता अनुपात १२.५७ प्रतिशत रहेको छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ भने नेट एनपीएल ०.७७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.३५ प्रतिशत र १.७२ प्रतिशतको तुलनामा सुधार देखिएको हो।
प्रतिक्रिया