काठमाडौं- नेपाल बैंक लिमिटेडले खल्ती वाइ आईएमई सँगको सहकार्यमा बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ कारोबार अभिवृद्धि गर्ने उद्देश्यले 'लिंक, लोड एन्ड विथड्र-विन रिवार्ड्स भिया खल्ती' (Link, Load & Withdraw- Win Rewards via Khalti) नामक अभियान सञ्चालनमा ल्याएको छ ।
यस अभियान बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरि ल्याइएको यो अभियान माघ र फागुन महिनाभर लागू हुने बैंकले जनाएको छ ।
सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिंक गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकट वा खल्ती प्रो सब्सक्रिप्सन र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।
सो अभियानमा योग्य हुनको लागि खल्तीमा दर्ता भई केवाइसी अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिंक हुनुपर्ने तथा ष्लिप गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरमा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।
यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।
प्रतिक्रिया